चीन भ्रमणमा कोरोला नाका सञ्चालनका लागि छलफल हुन्छ: प्रधानमन्त्री प्रचण्ड
पाेखरा | भदौ १५, २०८०
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङको कोरोला नाका सञ्चालनका लागि चीन सरकारसँग छलफल हुने बताएका छन् ।
समाजवादी मोर्चा, नेपाल गण्डकी प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा कोरोला नाका सञ्चालनका लागि छलफल गर्ने बताएका हुन् ।
‘अब हुने चीन भ्रमणमा विभिन्न एजेण्डा छलफल हुनेछ भौतिक पूर्वाधार देखि विभिन्न क्षेत्रमा छलफल गर्ने छु’, प्रचण्डले भने, ‘गण्डकी प्रदेशको मुस्ताङको कोरोला नाका र गोरखाको रुइला नाका सञ्चालन लागि चीन सरकारसँग छलफल हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डले मुस्ताङको कोरोला नाका र गोरखाको रुइला नाका सञ्चालनमा आए गण्डकी प्रदेशको समृद्धमा थप सहयोग पुग्ने बताए ।
सरकारमाथि ठूलो दबाब सिर्जना गरिएको बताउँदै भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने हुन् कि भन्ने विषयमा सरकारमाथि ठूलो प्रश्न तेस्र्याइएको उनको भनाई छ ।
‘ भ्रष्टाचारीविरुद्धको अभियान सानो मनले सुरु होइन,सरकारमाथि विभिन्न प्रश्न तेर्साएर दबाब सिर्जना गरिएको छ, अन्तिमम भ्रष्टाचारीहरुलाई उन्मुक्ति पो दिने हुन कि?’, उनले भने, ‘आफ्ना मान्छेलाई बचाउने पो हुन कि? तर भ्रष्टचारविरुद्धको यो अभियान सानो मन, सानो विचार, सानो उद्देश्यले गरिएको होइन ।’
उनले आफ्नो अरुको नभनी कसैलाई नछोड्न प्रहरीलाई निर्देशन दिएको बताए ।
‘मैले प्रहरी, सेक्युरिटी फोर्स र अनुसन्धानकर्तालाई भन्दै आएको छु, निष्पक्ष र निस्वार्थरूपमा अनुसन्धान गर्नुस, जो जो दोषी देखिन्छन प्रकाउ गर्नुहोस्, चाहे त्यो माओवादी, कांग्रेस, एमाले, समाजवादी जोसुकै होस् ।’ उनले भने ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

